काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी ट्रोयससँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा पीएसजी बराबरीमा रोकिएको हो ।
खेलको छैटौं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।
२५ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए ।
तर, ३० औं मिनेटमा इके उग्बोले गोल गर्दै ट्रोयसलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा फ्लोरिनले गोल गर्दै ट्रोयसलाई २-२ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै पीएसजीले ३६ खेलमा ८० अंक जोडेको छ ।
पीएसजी शीर्ष स्थानमा रहेको छ ।
पीएसजीले यस अघि नै उपाधि जितिसकेको छ ।
ट्रोयस ३७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।