काठमाडौं । स्पेनिस ला लिगा फुटबलको मड्रिड डर्बीमा रियल मड्रिड पराजित भएको छ ।
आइतबार राति भएको डर्बी भिडन्तमा एट्लेटिकोले रियललाई १-० गोल अन्तरले हराएको हो ।
एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्कोले निर्णायक गोल गरे ।
उनले खेलको ४० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।

यस जितसँगै एट्लेटिकोले ३५ खेलमा ६४ अंक जोडेको छ ।
एट्लेटिको चौंथो स्थानमा रहेको छ ।
रियल ८१ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।
रियलले यस अघि नै उपाधि जितिसकेको छ ।