काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
आइतबार भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
आर्सनलको जितमा एडी एनकेटियाले दुई गोल गरे ।
खेलको पाँचौं मिनेटमा एडीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
दशौँ मिनेटमा एडीले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।
खेलको २७ औं मिनेटमा लुक एलिङले रातो कार्ड पाएपछि लिड्स १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ६६ औं मिनेटमा लिड्सका डिएगो लोरेन्टले गोल गरेपनि आर्सनल २-१ ले विजयी भयो ।
जितसँगै आर्सनलले ३५ खेलमा ६६ अंक जोडेको छ ।
आर्सनल चौंथो स्थानमा रहेको छ ।
लिड्स ३४ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
अर्को खेलमा एभर्टनले लेस्टर सिटीलाई २-१ ले हराएको छ ।
वेस्ट ह्यामले नर्विचलाई ४-० ले हराएको छ ।