काठमाडौं । स्पेनिस क्लब बार्सिलोना स्पेनिस डिफेन्डर सेजर एज्पिलिक्वेटा अनुबन्ध गर्न सहमत भएको छ ।
चेल्सीका कप्तान सेजरसँग दुई वर्षको सम्झौता गर्न बार्सिलोनाले सहमति जनाएको डेलीमेलले जनाएको छ ।
डिफेन्डर सेजरलाई एक सिजन बराबर ११ मिलियन दिने गरी बार्सिलोनाले सहमति जनाएको बताईएको छ ।
चेल्सीसँग ३२ वर्षीय सेजरको सम्झौता यसै सिजनको अन्तिममा सकिदैछ ।
यद्दपी चेल्सीले सेजरसँगको सम्झौता थप गर्ने तयारी गरिरहेको छ ।
सेजर २०१२ मा मार्सेबाट चेल्सी आएका थिए ।