काठमाडौं । वाट्फोर्ड इंग्लिस प्रिमियर लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससँग १-० ले पराजित भएपछि वाट्फोर्ड रेलिगेसनमा परेको हो ।
क्रिस्टल प्यालेसलाई जित दिलाउन विलफ्रेड जाहाले ३१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।
यस्तै कामराले रातो कार्ड पाएपछि खेलमा वाट्फोर्ड १० खेलाडीमा समेटिएको थियो ।
यस जितसँगै क्रिस्टल प्यालेसले ३५ खेलमा ४४ अंक जोडेको छ ।
क्रिस्टल प्यालेस १० औं स्थानमा रहेको छ ।
वाट्फोर्ड २२ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
यस अघि नर्विच रेलिगेसनमा परिसकेको छ ।