काठमाडौं । नान्टेसले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा निसलाई १-० गोल अन्तरले हराउँदै नान्टेस च्याम्पियन बनेको हो ।
नान्टेसलाई जित दिलाउन लुडोभिच ब्लासले निर्णायक गोल गरे ।
उनले ४७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।
नान्टेसले २२ वर्षपछि फ्रेन्च कपको उपाधि जितेको हो ।
समग्रमा नान्टेसको यो चौंथो फ्रेन्च कप उपाधि हो ।
उपाधिसँगै नान्टेसले आगामी सिजनका लागि युरोपा लिगमा स्थान समेत सुरक्षित गरेको छ ।