काठमाडौं । प्लानिङ ब्वाइज युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिगमा दोस्रो जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा स्पोर्ट्स एकेडेमी संघलाई २-० ले हराउँदै प्लानिङले दोस्रो जित निकालेको हो ।
खेलको २३ औं मिनेटमा मिलन राईले पेनाल्टीमा गोल गर्दै प्लानिङलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६६ औं मिनेटमा फागुराम थारुले गोल गर्दै प्लानिङलाई २-० को जित दिलाए ।
जितसँगै प्लानिङले ३ खेल ७ अंक जोडेको छ ।
प्लानिङ शीर्ष स्थानमा समेत उक्लिएको छ ।
स्पोर्ट्स एकेडेमीले ३ खेलमा १ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।