काठमाडौं । म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले स्पेनिस क्लब रियल मड्रिडको घरेलु मैदान सान्टियागो बर्नाबेउ पागल ठाउँ भएको बताएका छन् ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियललाई हराएपछि डिफेन्डर डियासले बर्नाबेउ पागल ठाउँ भएको बताएका हुन् ।
बर्नाबेउमा सिटीले दोस्रो लेगमा रियलको सामना गर्नेछ । उक्त खेल आगामी मे ५ मा हुनेछ ।
सेन्टर ब्याक डियासले बर्नाबेउ पागल ठाउँ भएपनि सिटी पनि पागल टिम भएकाले खेलका लागि तयार रहने बताए ।
'बर्नाबेउ एक पागल ठाउँ हो । तर सिटी पनि एक पागल टोली हो । हामी यसको लागि तयार हुनेछौं,' उनले भने ।
घरेलु मैदानमा भएको पहिलो लेगमा सिटीले रियललाई ४-३ गोल अन्तरले हराएको थियो ।
डियासले बर्नाबेउको वातावरणबारे आफ्नो टोली सचेत रहेको समेत बताए ।
'च्याम्पियन्स लिगमा उनीहरूले पार्ने प्रभाव र सान्टियागो बर्नाबेउको वातावरणबारे हामी सचेत छौं,' पोर्चुगिज डिफेन्डर डियासले थपे ।