काठमाडौं । फ्रान्सको राष्ट्रपति निर्वाचनमा फुटबलर केलियन एमबाप्पेलाई १० भोट खसेको छ ।
फ्रान्सको टलेनेको पूर्वी गाउमा एमबाप्पेको नाममा १० भोट खसेको मार्काले जनाएको छ ।
यद्दपी, एमबाप्पे निर्वाचनमा उम्मेदवार थिएनन् ।
उक्त क्षेत्रमा रहेको कुल ३ सय ४८ भोट मध्ये १० भोट पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डको नाममा रहेको बताईएको छ । उक्त भोट बादर भएको थियो ।
१० मतदाताले एमबाप्पेको नाममा मतपत्र छापेका थिए । र, भोटिङको दौरान उनीहरुले मतपेटिकामा खसालेका थिए ।
फ्रान्सको राष्ट्रपतिमा इमानुएल म्याक्रोन पुन: निर्वाचित भएका थिए ।