उपाधि होडको इन्टर पराजित
बिहिबार, १५ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा उपाधि होडमा रहेको इन्टर मिलान पराजित भएको छ ।
बुधबार राति भएको खेलमा इन्टरलाई बोलोग्नाले २-१ गोल अन्तरले हराएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा इन्टर पराजित भएको हो ।
खेलको तेस्रो मिनेटमा इभान पेरिसिचले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, २८ औं मिनेटमा मार्को अर्नाउटोभिचले गोल गर्दै बोलोग्नालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा निकोला सान्सवनले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए ।
यस हारसँगै इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
इन्टर ३४ खेलमा ७२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
एसी मिलान ७४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
बोलोग्ना ४२ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
उपाधि होडको इन्टर पराजित





-1775916660994.webp&w=3840&q=75)
-1775884046825.webp&w=3840&q=75)





