एसियन गेम्सका लागि एथलेटिक्स छनोट बैशाख १५ र १६ गते
आइतबार, ११ बैशाख २०७९खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि एथलेटिक्स खेलको छनोट प्रतियोगिता बैशाख १५ र १६ गते हुने भएको छ ।
नेपाल एथलेटिक्स संघले आइतबार विज्ञप्ति निकाल्दै छनोट प्रतियोगिता बैशाख १५ र १६ गते हुने जनाएको छ ।
दशरथ रंगशालामा हुने छनोटमा महिला पुरुष म्याराथन, पुरुषको ८ सय मिटर, १५ सय मिटर, महिला र पुरुषको ५ हजार मिटर र १० हजार मिटरको स्पर्धा राखिएको छ ।
संघले छनोटका लागि सहभागिता जनाउने खेलाडीको मापदण्ड समेत तोकेको छ ।
एसियन गेम्स आगामी सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ ।
एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्नेछ ।

एसियन गेम्सका लागि एथलेटिक्स छनोट बैशाख १५ र १६ गते












-1766593825391.webp&w=3840&q=75)

-1766583817323.jpg&w=3840&q=75)

