शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Bhat Bhateni Supermarket Ad

'फुटसललाई एक कदम माथि पुर्‍याउने लक्ष्य'

मंगलबार, ०१ चैत्र २०७८खेलपाटी संवाददाता
'फुटसललाई एक कदम माथि पुर्‍याउने लक्ष्य'
Classic Tech Internet Ad

काठमाडौं । एएफसी फुटसल एसियन कप छनोट नेपालका लागि नौलो प्रतियोगिता हैन ।

नेपाली राष्ट्रिय फुटसल टोलीले दुई पटक एसियन कप छनोट खेलिसकेका छन् । तर, नेपालको प्रदर्शन सहभागितामै सिमित हुँदै आईरहेको छ ।

यतिबेला नेपाली फुटसल टोली तेस्रो पटक एएफसी फुटसल एसियन कप छनोट खेल्ने तयारीमा जुटेको छ । किर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले दैनिक प्रशिक्षण गरिरहेका छन् ।

सेन्ट्रल र साउथ जोन अन्तर्गतको छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।

यस पटकको छनोटमा भने नेपालले फरक लक्ष्य लिएको छ । नेपालले किर्गिस्तानमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली फुटसललाई एक कदम माथि पुर्‍याउने लक्ष्य बनाएको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले टोलीले हेपिएको नेपाली फुटसललाई एक कदम अगाडी बढाउने लक्ष्य रहेको बताए । प्रशिक्षक बस्नेतले छनोटमा कम्तिमा एक जित निकाल्ने योजना रहेको बताए ।

'अरुको विचारमा के छ मलाई थाहा छैन । प्रशिक्षकको रुपमा मैले एउटा ड्रिम टिम बनाएको छु । त्यो अनुसार खेलाडीलाई मेरो अनुभव र फिलोसोपी बुझाएको थिए,' प्रशिक्षक बस्नेतले भने, 'कम्तिमा यस पटक फुटसलका लागि केहि गरौँ । फुटसललाई एक कदम भएपनि माथि लैजाउ । एक खुट्किला भएपनि उकालौ भन्ने हिसाबले खेलाडीलाई सम्झाईरहेको छु । प्रेरित गरिरहेको छु । त्यहिँ अनुसार तयारी पनि भईरहेको छ ।'

प्रशिक्षक बस्नेतले फुटसल नेपालमा हेपिएको खेलमा पर्ने बताए । तर, यस पटकको छनोटबाट फुटसललाई हेर्ने नजर परिवर्तनका लागि प्रयास गर्ने उनले बताए ।

'फुटसललाई नेपालमा हेपिएको छ । एफए, म्यानेजमेन्ट सबैबाट हेपिएको छ । आउछ जान्छ खेल्ने भने सोचेका छन्,' प्रशिक्षक बस्नेत भन्छन्, 'फुटसल हरेक देश बढ्दैछ । नेपालमा पनि बढिरहेको छ । यस पटक हारेपनि खेल्ने तरिका, अन्तराष्ट्रिय खेलाडी र प्रशिक्षकहरुले नेपालले पनि खेलेको छ है । यो सिस्टमले खेलेको छ । राम्रो प्रतिस्पर्धा दिएको छ भन्ने सम्म बनाउने छु ।'

छनोटमा नेपालले अहिलेसम्म जित र बराबरीको नतिजा निकाल्न सकेको छैन । यस पटक भने कम्तिमा एक खेल जित्ने लक्ष्य नेपालले बनाएको छ ।

'हामीले यस पटक जसरी पनि एउटा एउटा खेल जित्ने नै लक्ष्य बनाएका छौँ । सायद सफल पनि हुन्छौ होला,' प्रशिक्षक बस्नेतले भने, 'उनीहरु (विपक्षी) बलियो टिम छ तर उनीहरुको खेल हामीलाई थाहा छ । हामीले उनीहरुको हरेक खेल हेरिरहेका छौँ ।  हाम्रोबारे उनीहरुलाई थाहा छैन । हामी अन्डर डग टिम हौँ । हामीले फाईदा लिन सक्छौं ।'

एएफसी मापदण्डको पूर्वाधार नहुँदा भने नेपाली टोलीको तयारीमा समस्या देखिएको छ । सुरुआतमा फाइभ ए साइडको कोर्टमा तयारी गरेको नेपाली टोलीले हाल एलए स्कुलको कोर्टमा तयारी गरिरहेका छन् ।

'पोखरामा मात्र एएफसीको मापदण्ड अनुसारको भेन्यु छ । इन्डोरमा खेलिन्छ फुटसल यहाँ हामी आउटडोरमा खेलिरहेका छौँ । खुल्लामा अक्सिजन धेरै हुन्छ प्रदर्शन पनि राम्रो हुन्छ तर खुल्लामा खेलेर इन्डोरमा खेल्न गार्हो हुन्छ । त्यो चिन्ता छ । एन्फामा कुरा गर्दा पोखरामा १० दिन हुन्छ नत्र कतारमा बन्द प्रशिक्षण हुन्छ भनेका छन् । त्यो भयो भने हामीलाई एकदम राम्रो हुन्छ,' प्रशिक्षक बस्नेत भन्छन् ।

प्रशिक्षक बस्नेतले आफुले एन्फामा तीन महिनाको योजना पेश गरेपनि कोभिड लगायत अन्य कारणले प्रयाप्त तयारी गर्न नसकिएको बताए ।

'३ महिनाको प्लान पेश गरेको थिए । कोभिड र अन्य कारणले १ महिनामा झार्नु पर्यो । फिल्ड पाएको छ । अहिले राम्रो हुँदैछ । ठुलो फिल्डमा खेलाडी भिज्दै छन्,' बस्नेतले भने ।

छनोटमा अट्याकिङ फुटसल खेल्ने योजना रहेको समेत प्रशिक्षक बस्नेतले बताए ।

'हामी यसपटक पहिला जस्तो डिफेन्स बसेर खेल्दैनौं । हामी प्रेस गरेर खेल्छौं । हारजित आफ्नो स्थानमा छ । हामी हारेपनि केहि कुरा सिक्छौं,' उनले भने, 'त्यहिँ भएर हामो अट्याकिङ खेल्ने योजना छ । मिक्स डिफेन्सिभ खेल्छौं । परिस्थिति हेरेर खेल्छौं ।'

राष्ट्रिय फुटसल टोलीका सदस्य सुमित आलेले पनि कम्तिमा एक खेल जित्ने लक्ष्यसहित तयारी गरिरहेको बताए ।

'तयारी राम्रो भईरहको छ । पहिले फाईभ ए साइडमा तयारी गरिरहेका थियौं । अहिले राम्रै ठाउ पाएका छौँ । अन्तराष्ट्रिय भन्दा त सानै छ । राम्रो भईरहेको छ,' पिभोट पोजिसनमा खेल्दै आएका सुमितले भने, ' फुटसलमा नेपाललाई कम्तिमा एक खेल जिताउ । बराबरी गरेर आउ भन्ने आशा र सपना छ । मेरो मात्र हैन सबैको सपना छ ।'

सुमितले राष्ट्रिय टोलीबाट यस अघि दुई पटक छनोट खेलिसकेका छन् । राष्ट्रिय टोलीका लागि उनी अनुभवी खेलाडी हुन् । यस पटकको छनोटमा कम्तिमा अफगानिस्तानलाई हराउने लक्ष्य रहेको उनी बताउछन् ।

'उज्वेकिस्तान एकदमै गार्हो हुन्छ । ताजिकिस्तान पनि बलियो टिम छ । अफगानिस्तान कता कता हाम्रै स्तरको जस्तो लाग्छ । तरपनि हामी भन्दा १० वर्ष अगाढी खेलेर आएको हो । एउटा खेलमा केहि न केहि हुन्छ जस्तो लागेको छ,' सुमितले भने ।

सुमितले नेपाली फुटसल विस्तारै अघि बढिरहेको समेत बताए ।

'फुटसल विस्तारै अघि बढ्दैछ । जसरी जानु पर्थ्यो भएको छैन । तर, स्तर खस्किएको छैन । अहिले खेलेर आओस, सहभागिता जनाएर मात्रै आओस भन्ने जस्तो भईरहेको छ,' सुमितले भने, 'भविष्यमा यस्तो नहोस । किनभने अन्य देश २० वर्ष खेलेर आएको हुन्छ । हाम्रो एक महिनाको तयारीले पुग्दैन ।'

सुमितले नेपालले बल्ल फुटसल सिकिरहेको समेत बताए । फुटसलका लागि निश्चित ठाउ, एउटा हल र पार्केटिङ ग्राउण्ड भयो भने नेपालको फुटसलले चाडै विकास गर्ने समेत उनले बताए ।

Bajaj Pulsar Motorcycle Ad
'फुटसललाई एक कदम माथि पुर्‍याउने लक्ष्य'

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम र अनिल नियुक्त

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

साफ फुटसल च्याम्पियनसिप अर्को वर्ष

Bajaj Pulsar Motorcycle Ad
पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

पश्चिम नेपालबाट नेपालगन्ज ११ डिभिजन फुटबलमा प्रवेश

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

इन्डोर स्केटिङ प्रतियोगिताको तयारी पूरा

सिन्धुपाल्चोक  र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

सिन्धुपाल्चोक र नेपालगञ्ज ११ ‘सी’ डिभिजनमा उक्लिए

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई  रजत

एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

एनपीएलका चौका–छक्का बराबर प्रेसिडेन्सियल कलेजले कफीका बिरूवा रोप्ने

नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

जापानीज पूर्वखेलाडी नाकामुराद्वारा भलिबल क्लिनिक सुरु

चन्द्रलाई  वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य

चन्द्रलाई वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कांस्य