काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा फेरान टोरेसले दुई गोल गरेपछि बार्सिलोनाले सहजै जित हासिल गरेको हो ।
खेलको १४ औं मिनेटमा टोरेसले पेनाल्टीबाट गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाए ।

खेलको २१ औं मिनेटमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए ।
पिएरे एमरिक अबमेयाङले २७ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाको अग्रता तेब्बर बन्यो ।
त्यसपछि खेलको ७५ औं मिनेटमा रिकी पुइगले गोल गर्दै बार्सिलोनालाई ४-० को जित दिलाए ।
जितसँगै बार्सिलोनाले २७ खेलमा ५१ अंक जोडेको छ ।
बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ ।
ओसासुना ३५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।