काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा आर्सनलले लेस्टर सिटीलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन थोमस पार्टे र एलेक्सजेण्डर लाकाजेटीले एक एक गोल गरे ।
खेलको ११ औं मिनेटमा थोमसले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ५९ औं मिनेटमा लाकाजेटीले पेनाल्टीमा गोल गर्दै आर्सनललाई २-० गोलको जित दिलाए ।
जितसँगै आर्सनल लिगको चौंथो स्थानमा उक्लिएको छ ।
आर्सनलले २६ खेलमा ५१ अंक जोडेको छ ।
लेस्टर ३३ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।