खेलकुद पत्रकार मञ्च गण्डकीको अधिवेशन चैतमा
%20(1)1646308685.jpg&w=3840&q=75)
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशन आगामी चैतमा हुने भएको छ ।
मञ्चको २८ औं कार्यसमिति बैठकले चैत ५ गते पोखरामा अधिवेशन गर्ने गरी मिति तय गरेको हो ।
खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था खेलकुद पत्रकार मञ्चले महिला, आदिवासी जनजाति र दलितको सहभागिता सुनिश्चित गरेको छ । मञ्चमा प्रदेशभरका गरी ५६ जना सदस्यहरु आबद्ध रहेका छन् । तीन वर्षअघि एकराज गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको थियो ।
कोरोना महामारीको विषम परिस्थितिकाबीच पनि कार्यसमितिले सदस्यको हकहित एवं सुखदुःखमा सहभागी बन्दै प्रदेशकै बिग इभेन्ट पोखरा स्पोर्ट्स अवार्ड, अन्तक्र्रिया, मैत्रीपूर्ण खेलकुद एवं विभिन्न कार्यक्रममा सहभागिता लगायत दर्जन भन्दा बढी कार्यक्रम गरेको मञ्चका महासचिव विजय नेपालले बताए ।
यसैबीच, मञ्चको बैठकले अधिवेशनअघि आधारभूत खेलकुद पत्रकारिता तालिम गर्न महासचिव विजय नेपाल र संस्था नवीकरण कार्यका लागि अध्यक्ष एकराज गिरीलाई संयोजक तोक्ने निर्णय गरेको छ ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

