रुसले विन्टर पारा ओलम्पिक खेल्न नपाउने
बिहिबार, फागुन १९, २०७८खेलपाटी संवाददाता

काठमाडौ । रुस र बेलारुसका खेलाडीले २०२२ विन्टर पारा ओलम्पिकमा समेत सहभागिता जनाउन नपाउने भएका छन् ।
इन्टरनेशनल पारा ओलम्पिक कमिटिले युक्रेनमाथि रुसले आक्रमण गरेको तथा बेलारुसले सघाएका कारण रुस र बेलारुसलाई शनिबारबाट चीनमा सुरु हुने पारा ओलम्पिकमा सहभागी हुन रोक लगाएको हो ।
यस अघि भने पारा ओलम्पिक कमिटिले रुस र बेलारुसका खेलाडीलाई स्वतन्त्र खेलाडीको रुपमा सहभागिता जनाउन पाउने जनाएको थियो ।
तर चौतर्फी आलोचना भएपछि पारा ओलम्पिक कमिटिले आफ्नो निर्णय फिर्ता लिएको हो ।
#रुस












-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)