काठमाडौं । नेपाल खेलकुद महासंघ कर्णाली प्रदेश कमिटीको अध्यक्षमा सुरज थापा चयन भएका छन् ।
वीरेन्द्रनगरमा बुधबार सम्पन्न अधिवेशनले थापाको अध्यक्षतामा ३३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरिएको हो ।
तेक्वान्दोका ब्ल्याक बेल्ट तथा फुटबल र बास्केटबलका क्षेत्रीय खेलाडी थापा यसअघि आयोजक कमिटीका संयोजक रहेका थिए ।
दैलेखका डम्बर बहादुर शाही र सुर्खेतका भिमकुमारी भुसाल उपाध्यक्षमा निर्वाचित भए । कालिकोटका भलिबल खेलाडी पंख बहादुर मल्ल सचिव चयन भए । त्यसैगरी प्रकाश बस्नेत र पदम रावत उपसचिव एवं रविन्द्र शाही कोषाध्यक्षमा निर्वाचित भए ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य यमलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रिय संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले पद तथा गोपनियताको सपथ गराएका थिए ।
अधिवेशनलाई सम्बोधन गर्दै एमाले पोलिटब्युरो सदस्य एवं महासंघका ईन्चार्ज गोकुल बास्कोटाले आगामी स्थानीय निर्वाचनमा एमालेले आफ्नो घोषणापत्रमा एक वडा एक खेल पूर्वाधार तथा एक पालिका एक रंगशाला निर्माणको संकल्प उल्लेख गरेर जाने बताए । बास्कोटाले खेलकुद क्षेत्रको दिगो विकासका लागि महासंघले “स्कुल टु युनिभसिर्टी” एवं “क्लब टु कम्युनिटी” लाई राष्ट्रिय अभियानको रुपमा नेतृत्व गर्नुपर्ने र खेलक्षेत्र तथा खेलाडीलाई राष्ट्रिय पहिचानको रुपमा स्थापीत गराउनेतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिए ।
महासंघका निवर्तमान अध्यक्ष समेत रहेका एमाले केन्द्रिय सदस्य रमेशकुमार पौडेलले सबै जनतालाई एकैसाथ खुसी प्रदान गर्नसक्ने महत्वपूर्ण कडीको रुपमा रहेको खेलकुद क्षेत्रको विकासले मात्रै समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पुरा हुनसक्ने बताए ।
नेकोस कर्णाली प्रदेश कमिटी :
अध्यक्ष - सुरज थापा (सुर्खेत)
उपाध्यक्ष - डम्बर बहादुर शाही (दैलेख)
उपाध्यक्ष -भिमकुमारी भुसाल (सुर्खेत)
सचिव -पंख बहादुर मल्ल (कालिकोट)
सहसचिव - पदम रावत (जुम्ला)
सहसचिव - प्रकाश बस्नेत (सल्यान)
कोषाध्यक्ष - रविचन्द्र शाही (सुर्खेत)
सदस्यहरु :
सुन्दर पोखरेल (सुर्खेत)
शुसीला रोकाया (सुर्खेत)
लोकेन्द्र प्रसाद खनाल (सुर्खेत)
रेशम नेपाली (सुर्खेत)
ओम खत्री (सुर्खेत)
टंक गैह्रे (सुर्खेत)
मदनराज खत्री (जुम्ला)
बालकृष्ण बुढा (जुम्ला)
रेखा बुढा (जुम्ला)
अंकदराज रावल (जुम्ला)
अनमोल शाही (जुम्ला)
सौगात कुमार शाही (दैलेख)
प्रेम शाही (दैलेख)
विरन्द्र शाही (दैलेख)
जगत रिजाल (दैलेख)
प्रमोद जंग बोगटी (हुम्ला)
रमेश शाही (हुम्ला)
विष्णु रावल (हुम्ला)
मनोज फडेरा (हुम्ला)
मंगल शाही (हुम्ला)
कृष्णराज भीम (मुगु)
नेत्रजंग रावल (मुगु)
अजय रोकाया (मुगु)
मनबहादुर बम (कालिकोट)
विमला पाण्डे (कालिकोट)
सागर अधिकारी (कालिकोट)