एनएनआईपीए अवार्डको सम्पूर्ण तयारी पूरा

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले १६ औं एनएनआईपीए स्पोर्टस अवार्ड २०७८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले एक विज्ञप्तीमाफृत फागुन १७ गते ललितपुरको गोदावरी नगरपालिकामा हुने अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएका हुन् ।
२०७७ मा कोभिड–१९ का कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरु नभएको हुँदा यस वर्ष नेपाल ओलम्पिक कमिटीबाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानी यो कार्यक्रमको आयोजना गर्ने विज्ञप्तीमा उल्लेख छ ।
यस वर्ष विगत केही वर्षदेखि उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका तथा सम्बन्धित संघले सिफरिस गरेका खेलाडीहरुलाई सम्मान गर्ने एनएनआईपीएले जनाएको छ ।
अवार्ड २७ खेलका उत्कृष्ट खेलाडीलाई जनही १० हजारले सम्मान गरिनेछ ।
त्यसैगरी, उत्कृष्ट खेलाडीमध्ये एक पुरुष र एक महिलालाई सर्वोत्कृष्ट खेलाडी स्वरुप सम्मानपत्र तथा नगर १ लाखले सम्मान गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी, एक पुरुष तथा एक महिला प्रतिभाशाली खेलाडी सम्मान तथा एक पुरुष र एक महिलालाई उदयमान खेलाडी सम्मान प्रदान गरिनेछ । यस विधाका विजेताले जनही ५० हजार प्राप्त गर्नेछन् ।
एकजना पाका खेलकर्मीलाई ३५ हजार बराबरको गजराज आदर्श खेल व्यक्तित्व अवार्ड प्रदान गरिनेछ ।
एक खेलपत्रकारलाई एनएनआईपीए खेल पत्रकारीता पुरस्कार प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ । पत्रकारीता पुरस्कार प्राप्त गर्नेले २५ हजार प्राप्त गर्नेछन् ।
एक जनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ । सो सम्मान प्राप्त गर्नेले १० हजार प्राप्त गर्नेछन् ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

