नेकोसको बागमती प्रदेश कमिटी अध्यक्षमा सीताराम
1645938443.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल खेलकुद महासंघ (नेकोस) बागमती प्रदेश कमिटीको अध्यक्षमा सीताराम कार्की चयन भएका छन् ।
शनिबार बागमती प्रदेशको राजधानी हेटौँडामा सम्पन्न महासंघको पहिलो अधिवेशनले कार्कीको अध्यक्षतामा ४५ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
भलिबलका खेलाडी, प्रशिक्षक तथा लाईसेन्स प्राप्त रेफ्रि समेत रहेका रामेछाप जिल्लाका कार्की यस अघि तदर्थ कमिटीमा संयोजक रहेका थिए ।
नुवाकोटकी सविना पाण्डे र चितवनका रामकृष्ण ढकाल उपाध्यक्षमा निर्वाचित भए ।
मकवानपुरका जनरल श्रेष्ठ सचिव चयन भए भने धादिङका रोशन क्षेत्री र चितवनकी नविना खनिया उपसचिवमा निर्वाचित भए ।
मकवानपुरका इन्द्रप्रसाद सञ्जेल कोषाध्यक्ष निर्वाचित भए ।
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई महासंघका केन्द्रीय कमिटीका संयोजक कृष्ण बस्नेत (पर्शुराम) ले सपथग्रहण गराए ।
सदस्यहरुमा रितेश खड्का (दोलखा), हिमाल श्रेष्ठ (दोलखा), पियुष दनुवार (सिन्धुली), डम्बर आले (सिन्धुली), सिर्जना थापा (सिन्धुली), राजन भुजेल (सिन्धुली), रत्न बहादुर थापा (मकवानपुर), अमिर गुरुङ (मकवानपुर), निरु कुमारी मगर (मकवानपुर), सजना मल्ल (मकवानपुर), विक्रमराज पाण्डे (मकवानपुर), ओम कुमार मुक्तान (मकवानपुर), किशोर श्रेष्ठ (मकवानपुर), जित बहादुर मुक्तान (मकवानपुर), प्रदीप सिंखडा (धादिङ), विवेक गिरी (धादिङ), अनोज श्रेष्ठ (धादिङ), श्याम श्रेष्ठ (रामेछाप), सबल कार्की (रामेछाप), धनराज तामाङ (रामेछाप), चिना तामाङ (रामेछाप), दिपेन्द्र अधिकारी (चितवन), रोशन श्रेष्ठ (चितवन), मोहन श्रेष्ठ (चितवन), अनुप तिमिल्सना (चितवन), लक्ष्मण परियार (चितवन), मनिष कँडेल (चितवन), सुरेशलाल चित्रकार (नुवाकोट), संंजिव पौडेल (नुवाकोट), भूमि बहादुर तामाङ (नुवाकोट), रमेश विक (नुवाकोट), लामा साम्देन घले (रसुवा), विराज तामाङ (रसुवा), विन्दु कुमारी त्रितुङ (रसुवा), राजन श्रेष्ठ (सिन्धुपाल्चोक), निरल वाईवा तामाङ (सिन्धुपाल्चोक), रविन तामाङ (सिन्धुपाल्चोक) र नारायण सिं थिङ (मकवानपुर) रहेका छन् ।