राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका हस्तान्तरण
1645893817.jpg&w=3840&q=75)
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्बाट गठित ५ सदस्य राष्ट्रिय खेल संघ व्यवस्थापन तथा निर्वाचन निर्देशिका–२०७८ मस्यौदा उप समितिका संयोजक सरोजकुमार पोखरेलले परिषद्का उपाध्यक्ष शिव कोईराला तथा निमित्त सदस्य सचिव कुलवहादुर थापालाई शुक्रवार संयुक्त रुपमा प्रारम्भिक मस्यौदा हस्तान्तरण गरेका छन् ।
सो अवसरमा उपाध्यक्ष कोईरालाले मस्यौंदा उपसमितिलाई धन्यवाद दिदै सवै कुराको अध्ययन गरेर नै मस्यौदा तयार गरेको र यसलाई अन्तिम रुप दिन द्रुत रुपले कार्य गर्न जरुरी रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलवहादुर थापाले लामो अनुभब भएका साथीहरुले तयार पारेको मस्यौंदाले सम्पूर्ण पक्षलाई समेटेको बताए । यदपी तुरुन्त सरोकारवालासँग छलफल गरेर सुझाबलाई समेटेर कानुन शाखाको राय अनुसार अन्तिम रुप दिनु पर्ने उनले बताए ।
हस्तान्तरणकै अवसरमा निमित्त सदस्य सचिव थापाले खेलकुद विकास विभागका प्रमुख बज्र केसीलाई आवश्यक प्रकृया अगाडि बढाउन जिम्मेवारी समेत दिएका छन् ।
हस्तान्तरण अघि संघ संस्था समन्वय शाखाका प्रमुख समेत रहेका संयोजक पोखरेलले राष्ट्रिय खेलकुद विकास ऐन–२०७७, खेलकुद विकास ऐन–२०४९ लगायत खेलकुद संचालन सम्बन्धी ऐन, कानृुन र कार्यविधि अध्यायन गरेर तयार पारेको छ । परिषद्मा आवद्ध संघ संस्थालाई ब्यवस्थित ढंगले संचालन गर्न पक्कै पनि महत्वपूर्ण सहयोग पुग्ने छ ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बिभागिय प्रमुख मधुसुदन बस्नेत, कर्मचारी प्रशासन शाखाका प्रमुख बिनोद उप्रेती, समितिकी सदस्य युवा तथा खेलकुद मन्त्रालयकी शाखा अधिकृत रेखा सिग्देल, सदस्य राखेपका प्रशासकिय अधिकृत चन्द्र राई, सदस्य राखेपका प्रशासकिय अधिकृत धन शाहीको उपस्थिति रहेको थियो ।