एन्फाको विशेष साधारण सभा स्थगित
शुक्रबार, फागुन ६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ ।
एन्फाले प्राविधिक कारण देखाउदै फागुन आठ गते (आइतबार) तय गरेको विशेष साधारण सभा स्थगित गरेको हो ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्राविधिक कारण विशेष साधारण सभा स्थगित गरिएको जानकारी गराए ।
उनले फिफा र एएफसीले निर्वाचन निर्देशिकाको विषयमा टिप्पणी गरेको र त्यसलाई सुधार गरेपछि नयाँ विशेष साधारण सभाको मिति तोकिने समेत बताए ।
'प्राविधिक कारण स्थगित गरिएको हो । तर, फिफा र एएफसीबाट निर्वाचन निर्देशिकामा टिप्पणीहरु आएको छ । त्यसलाई सुधार गरेर अर्को हप्ता नयाँ मिति तोकिनेछ,' महासचिव तुलाधरले भने ।
एन्फाको विशेष साधारण सभा स्थगित









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

