काठमाडौं । कतार एयरवेज सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको दशौँ चरणको खेलहरु भोलि शुक्रबारबाट सुरु हुँदैछ । शुक्रबार दशौँ चरणका दुई खेलहरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
लिगको दशौँ चरणको पूर्वसन्ध्यामा सबै क्लबका प्रशिक्षकले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षकहरु के भन्छन् ?
मृगेन्द्र मिश्र : मुख्य प्रशिक्षक (फ्रेन्ड्स क्लब)
भोलिको खेल हाम्रो लागि एकदम महत्वपूर्ण छ । जित बिना पश्चातापको कुनै अर्थ हुदैन । भोलि हामी ३ अंकका लागि खेल्छौ ।
भोलि अवश्य पनि हामी जित निकाल्छौ । त्यहि अनुसारको तयारी छ । भोली हार ब्यहोरेमा रेलिगेसनको सम्भावना ९९ प्रतिशत हुन्छ । हामीले दुई जना नयाँ खेलाडी ल्याएका छौ ।
समिर विष्ट : प्रशिक्षक (ब्रिगेड ब्वाइज क्लब)
फ्रेन्ड्सविरुद्धको खेल हाम्रो लागि गर या मर जस्तै हो । तयारी राम्रो छ । खेलाडी मानसिक र शारीरिकरुपमा राम्रो छ । हामी यस खेलमा जितका लागि नै खेल्छौं । जित बाहेक अर्को बिकल्प छैन । पहिला खेलको विश्लेषण गर्दै हामीले कमीकमजोरी सुधार गरेका छौँ ।
किशोर केसी : मुख्य प्रशिक्षक (जावलाखेल युथ क्लब)
तयारी राम्रो चलिरहेको छ । भोलि हाम्रो खेल आर्मीविरुद्ध छ । हामीलाई विश्वास छ आर्मीसँग राम्रो प्रतिस्पर्धा गर्छौ ।
राजु तामाङ : मुख्य प्रशिक्षक (त्रिभुवन आर्मी क्लब)
तयारी राम्रो छ । राम्रो लयमा छ । दिनेश हेन्जन रेस्टमै रहेका छन् । जावलाखेल राम्रो टिम छ उसले सबै टिमविरुद्ध राम्रै खेल्दै आएको छ ।
हामी तीन अंकका लागि खेल्छौ । आउने चारवटै खेल जित्ने तथा शीर्ष तीनमा रहने योजना छ ।
मेघराज केसी : मुख्य प्रशिक्षक (सातदोबाटो युथ क्लब)
केही समयको विश्रामपछि अभ्यास निरन्तर चलिरहेको छ । टिमको स्तर छुट्याउने बेला आएको छ । हामी शीर्ष चारमा बस्न कोशिश गर्नेछौ ।
उर्जन श्रेष्ठ : मुख्य प्रशिक्षक (थ्री स्टार क्लब)
तयारी राम्रो भइरहेको छ । मनाङ राम्रो टिम हो त्यही अनुसार तयारी भइरहेको छ ।
दुई टोलीको ५०–५० को खेल हुन्छ । हामीलाई जित्नै पर्ने दवाव छ । मनाङलाई हराउने योजना छ ।
अनन्त तामाङको खेल्ने टुंगो छैन । कप्तान विक्रमको अवस्था ठिक हैन । सायद ढाडको अप्रेसन गर्नु पर्ने जस्तो छ । उसले मनाङसँग खेल्दैन ।
युगल किशोर राई : मुख्य प्रशिक्षक (हिमालयन शेर्पा क्लब)
हामीले एक खेल पनि हार्नुपर्ने अवस्थामा छैन । अघिल्लो लिग भन्दा राम्रो गर्नेछौ ।
राम्रो खेल्ने प्रयास गर्नेछौ । कुनै पनि दवाव छैन । हाम्रो लक्ष्य उनीहरुलाई रोक्ने हो ।
रत्न काजी महर्जन : प्रशिक्षक (एपीएफ)
तयारी पहिले भन्दा राम्रो भएको छ । संकटा राम्रो भएकोले उहाहरुको टिम हेरेर तयारी गरिरहेका छौ ।
आहा राराले मोटिभेनस बढाएको छ । खेलाडी सबै राम्रै छन् । जित्ने मनोबल बढेको छ । टार्गेट भनेको सुपर सिक्समा पुग्ने लक्ष्य छ ।
प्रवेश कटवाल : मुख्य प्रशिक्षक (मछिन्द्र फुटबल क्लब)
च्यासलविरुद्धको खेलका लागि तयारी राम्रो छ । गत वर्ष च्यासलसँग बराबरी खेलेका थियौं । त्यसैले यस पटक पनि महत्वपूर्ण रहेको छ । शीर्ष स्थानमा रहिरहन यस खेल महत्वपूर्ण छ । रेलिगेसनबाट जोगिन च्यासलका लागि समेत महत्वपूर्ण छ । जसको कारण खेल राम्रो हुन्छ जस्तो लागेको छ ।
भिडियो -