काठमाडौं । थ्री स्टार क्लबका कप्तान बिक्रम लामाले सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेल गुमाउने भएका छन् ।
थ्री स्टारका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले चोटका कारण बिक्रमले मनाङविरुद्धको खेल गुमाउने बताएका छन् ।
प्रशिक्षक श्रेष्ठले बिक्रमले ढाडको चोट बोकेको र शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको बताए ।
'कप्तान विक्रमको अवस्था ठिक हैन । सायद ढाडको अप्रेसन गर्नु पर्ने जस्तो छ । उसले मनाङसँग खेल्दैन,' प्रि-म्याच कन्फरेन्समा श्रेष्ठले भने ।
लिग अन्तर्गत थ्री स्टारले शनिबार दशरथ रंगशालामा मनाङसँग खेल्दैछ ।
थ्री स्टार ९ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।