मिलान अन्तिम चारमा
बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको खेलमा लाजियोलाई ४-० गोल अन्तरले हराउँदै मिलानले अन्तिम चारको यात्रा तय गरेको हो ।
मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे ।
मिलानले सुरुआती अग्रता भने राफेल लियोको गोलबाट २४ औं मिनेटमा बनाएको थियो ।
खेलको ४१ औं मिनेटमा जिरुडले गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा जिरुडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७९ औं मिनेटमा फ्रान्क केसीले गोल गर्दै मिलानलाई ४-० को फराकिलो जित दिलाए ।
मिलान अन्तिम चारमा







-1766593825391.webp&w=3840&q=75)






