टोटेनहम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ ।
बुधबार राति भएको खेलमा टोटेनहमलाई साउथह्याम्पटनले ३-२ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा जान बेडनारेकको आत्मघाती गोलबाट टोटेनहमले सुरुआती अग्रता बनाएको थियो ।
तर, २३ औं मिनेटमा अर्मान्डो ब्रोजाले गोल गर्दै साउथह्याम्पटनलाई १-१ को बराबरीमा फर्काए ।
खेलको ७० औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए ।
७९ औं मिनेटमा मोहमेदले गोल गर्दै साउथह्याम्पटनलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा चे एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई ३-२ को जित दिलाए ।
जितपछि दशौँ स्थानको साउथह्याम्पटनले २३ खेलमा २८ अंक जोडेको छ ।
टोटेनहम २१ खेलमा ३६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै एस्टन भिल्ला र लिड्स युनाईटेडले ३-३ गोलको बराबरी खेलेका छन् ।
यस्तै नर्विच सिटी र क्रिस्टल प्यालेसले १-१ गोलको बराबरी खेलेको छ।







-1766593825391.webp&w=3840&q=75)






