सिटीलाई १२ अंकको अग्रता
बिहिबार, २७ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा सिटीले ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेज र केभिन डी ब्रुएनले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई २-० को जित दिलाए ।
यस जितसँगै सिटीले लिगमा लिभरपुलमाथि १२ अंकको अग्रता बनाएको छ ।
सिटीले २४ खेलमा ६० अंक जोडेको छ ।
दोस्रो स्थानको लिभरपुलको ४८ अंक रहेको छ ।
ब्रेन्टफोर्ड २३ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
सिटीलाई १२ अंकको अग्रता







-1766593825391.webp&w=3840&q=75)






