चेल्सी क्लब विश्वकपको फाइनलमा
बुधबार, २६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलमा साउदी अरेबियाको अल हिलाललाई १-० गोल अन्तरले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।
चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकुले निर्णायक गोल गरे । लुकाकुले खेलको ३२ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
अब चेल्सीले उपाधिका लागि ब्राजिलियन क्लब पाल्मिरस क्लबसँग प्रतिस्पर्धा गर्नेछ।
पहिलो सेमिफाइनलमा इजिप्टको अल अह्लीलाई २-० गोल अन्तरले हराएर पाल्मिरस उपाधि नजिक पुगिसकेको छ ।
क्लब विश्वकपको फाइनल खेल शनिबार हुनेछ ।
चेल्सी क्लब विश्वकपको फाइनलमा







-1766593825391.webp&w=3840&q=75)






