शाकिरी सिकागोमा अनुबन्धित
बुधबार, २६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्विट्जरल्यान्डका मिडफिल्डर जद्रान शाकिरी अमेरिकाको मेजर लिग सकर टिम सिकागो फायर एफसीमा अनुबन्धित भएका छन् ।
सिकागोले फ्रेन्च क्लब लियोनबाट शाकिरीलाई अनुबन्ध गरेको हो ।
शाकिरीले सिकागोसँग २०२४ सम्मका लागि सम्झौता गरेका छन् ।
फ्रेन्च क्लबमा एक वर्ष बिताएर शाकिरी अमेरिका आएका हुन् ।

शाकिरी २०२१ मा लिभरपुलबाट लियोन आएका थिए ।
३० वर्षीय शाकिरी शाकिरी सन् २०१८ मा स्टोकबाट लिभरपुल आएका थिए ।
लिभरपुलका लागि उनले ६३ खेलमा आठ गोल गरेका छन् ।
शाकिरीले स्विट्जरल्यान्डका लागि १०० खेलमा २६ गोल गरेका छन् ।
युरोकप २०२० मा उनले ५ खेलमा ३ गोल गरेका थिए ।
शाकिरी सिकागोमा अनुबन्धित







-1766593825391.webp&w=3840&q=75)






