काठमाडौं । इटालियन सिरी ए क्लब साम्पडोरियाले इटालियन फरवार्ड सेबास्टियन जियोभिन्कोलाई अनुबन्ध गरेको छ ।
साम्पडोरियाले साउदी अरेबियाको अल हिलालबाट सेबास्टियनलाई अनुबन्ध गरेको हो ।
फरवार्ड सेबास्टियनले साम्पडोरियासँग यस सिजनको अन्तिमसम्मका लागि सम्झौता गरेका छन् ।
युभेन्ट्सका पूर्व फरवार्ड सेबास्टियन तीन वर्ष रियादको क्लबमा बिताएर इटाली फर्किएका हुन् ।
३५ वर्षीय फरवार्डले साम्पडोरियामा २१ नम्बरको जर्सी लगाउने छन् ।
इटालीका लागि उनले २३ खेलमा १ गोल गरेका छन् ।