इलाम । इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कप खेलकुद प्रतियोगितामा जनता सेभेन स्पोर्टिङ क्लब सूर्योदय नगरपालिकाले विजयी सुरुआत गरेको छ ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेल मैदानमा बुधबार कन्काई नगरपालिका झापालाई १–० गोलले पराजित गर्दै जनता सेभेनले विजयी सुरुआत गरेको हो ।
पहिलो हाफमा गरिमा राईले गरेको गोल नै खेलको निर्णायक बन्यो । जितसंगै जनता सेभेन क्वाटरफाइनल प्रवेश गरेको छ।
अब सेमीफाइनल प्रवेशका लागि उसले माघ २८ गते माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीसंग प्रतिस्पर्धा गर्नेछ । गोलकर्ता राई खेलको वुमन अफ दि म्याच समेत घोषित भइन् ।
उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । बिहिबार (भोली) रोयल स्र्पोटिङ क्लब दमक झापा र केराबारी गाउँपालिका खेलकुद समिति मोरङ बिच खेल हुनेछ ।