काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत अहिले नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिसले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ३७ औं मिनेटमा मिडफिल्डर रबि शंकर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका हुन् ।
नीर कुमार राईले उपलब्ध गराएको बलमा पेनाल्टी क्षेत्रबाट उनले क्रस गरेको बलले सिधै पोस्टको जाली चुमेको थियो ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् । लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।