इन्टर कोपा इटालियाको सेमिफाइनलमा
बुधबार, २६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इन्टर मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलमा रोमालाई २-० गोल अन्तरले हराउँदै इन्टर अन्तिम चारमा पुगेको हो ।
इन्टरको जितमा इडेन जेको र एलेक्सिस सान्चेजले एक एक गोल गरे ।
खेलको दोस्रो मिनेटमा इडेनले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा सान्चेजले गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
अब इन्टरले सेमिफाइनलमा एसी मिलान र लाजियोबीचको विजेतासँग खेल्नेछ।
इन्टर कोपा इटालियाको सेमिफाइनलमा







-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)