बराबरीमा रोकियो युनाईटेड
बुधबार, २६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेड पुछारको बर्नलीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेड रोकिएको हो ।
खेलको १८ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४७ औं मिनेटमा जे रोड्रीगेजले गोल गर्दै बर्नलीलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै युनाईटेडले २३ खेलमा ३९ अंक जोडेको छ ।
युनाईटेड पाँचौं स्थानमा रहेको छ ।
बर्नली १४ अंक जोडेर पुछारमा रहेको छ ।
अर्को खेलमा न्युकासलले एभर्टनलाई ३-१ ले हराएको छ ।
वेस्ट ह्यामले वाट्फोर्डलाई १-० ले हराएको छ ।
बराबरीमा रोकियो युनाईटेड







-1766593825391.webp&w=3840&q=75)





-1766583817323.jpg&w=3840&q=75)