इलाम । इलामको माङसेबुङमा जारी १२ औ संस्करणको पबित्रहाङमा कपमा एपिएफससी माङ्सेबुङ सेमिफाइनल प्रवेश गरेको छ ।
माङसेबुङ गाउँपालिका ५ स्थित आत्मानन्द खेलमैदानमा मंगलबार भएको खेलमा धरान महिला फुटबल क्लब सुनसरीलाई ४–० गोलले पराजित गर्दै एपिएफसी सेमिफाइनलमा प्रवेश गरेको हो ।
माङसेबुङको जितमा सुजुहाङमा लिम्बू एक्लैले ४ गोल गरिन । माङसेबुङले खेल अवधिभर विपक्षीलाई निरन्तर दवावमा राखेको खेलमा वुमन अफ दी म्याच सुनसरीकी सुस्मिता राई घोषित भइन् । उनले नगद एक हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत बुधबार जनता सेभेन स्पोर्टीङ क्लव सूर्योदय नगरपालिका इलाम र कन्काई नगरपालिका झापाबीच हुनेछ ।
किरात धर्मगुरु आमा पवित्रहाङ्मा सावाको ६६ औं शुभ जन्मोत्सवको अवसरमा आयोजित फूटबल प्रतियोगिताको फाइनल खेल भने फागुन ३ गते छ ।
प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका १० टीमको सहभागिता रहेको छ ।
विजेताले नगद १ लाख ११ हजार १ सय ६६ रुपैयाँ र उपविजेता टिमले नगद ६६ हजार १ सय ६६ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोल रक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट कोचलाई समेत पुरस्कार प्रदान गरिने छ ।