काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौँ देखि १३ औं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ ।
एन्फाले मंगलबार लिगको बाँकी रहेको सबै ४ चरणको खेल तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार दशौँ चरणका खेलहरु माघ २८ देखि फागुन १ गतेसम्म हुनेछ ।
यस्तै ११ औं चरणका खेलहरु फागुन ३ देखि ५ गतेसम्म चल्नेछ । १२ चरणका खेलहरु फागुन ७ देखि १० गतेसम्म संचालन हुनेछ । १३ औं चरणका खेलहरुको मिति भने तय भएको छैन ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार लिगका ४ खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत हुनेछ ।
दशौँ चरण अन्तर्गत नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
त्यस्तै ११ औं चरण अन्तर्गत जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लब, त्रिभुवन आर्मी क्लब र हिमालयन शेर्पा तथा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीचको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।
खेल तालिकाः
