काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी स्वदेश फर्किएकी छिन् ।
उपचारका लागि कतार गएकी सावित्रा मंगलबार साँझ नेपाल आईपुगेकी हुन् ।
सावित्रा घुँडामा लागेको चोटको उपचारका लागि कतार गएकी थिइन् ।
कतारको दोहास्थित अस्पेटार अस्पतालमा सावित्राको चोटको सफल शल्यक्रिया गरिएको थियो ।
राष्ट्रिय टिमकी मुख्य फरवार्ड सावित्राले महिला लिग दौरान चोट बोकेकी थिईन् ।
विभागीय टिम एपीएफबाट खेल्ने क्रममा सावित्राको दाँया खुट्टाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसिएल) च्यातिएको थियो।
चोटको कारण सावित्राले लिगको अन्तिम दुई खेल समेत गुमाएकी थिइन् ।
एन्फाले कतार फुटबल संघको सहयोगमा सावित्राको उपचारको प्रबन्ध अस्पेटार अस्पतालमा मिलाएको हो ।
एन्फाकै पहलमा राष्ट्रिय फुटबल टिमका मिडफिल्डर बिक्रम र फरवार्ड बिमल घर्तिमगरले कतारमा उपचार गरेका थिए ।