काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव विवाद चाडो टुंग्याउन माग गरेको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै राखेपको सदस्य सचिव विवाद चाडो टुंग्याउन माग गरेको हो ।
राखेपको सदस्य सचिव बर्खास्ती र नयाँ सदस्य सचिवको नियुक्तिको विषयमा सर्वोच्च अदालतमा रिट परेको छ ।
तर लामो समय वितिसक्दा पनि रिटको किनारा लाग्न सकेको छैन ।
सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेश सिलवाललाई गत कात्तिक १ गते बर्खास्त गरेको थियो । यस्तै मन्त्री परिषद्ले गत मंसिर १३ गते टंकलाल घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।
तर, सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध मुद्दा दर्ता गरेका थिए । सर्वोच्चले सिलवालले दायर गरेको रिटमा पछिल्लो नियुक्ति कार्यान्वयन नगर्नु भन्दै अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।