पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा अहिले घरेलु टोली पोखरा पल्टन र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा टस जितेर पहिले बलिङ गरिरहेको सन्दीप लामिछानेको टिम विराटनगरलाई पहिलो सफलता मिलेको छ । विराटनगरलाई कप्तान सन्दीपले पहिलो सफलता दिलाएका हुन् । सन्दीपले पोखराका ओपनर कुशल भुर्तेललाई ३८ रनमा पेभेलियन फर्काए ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको योजनामा हुने प्रतियोगिताको विजेताले २७ लाख पाउने छ । यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।