पोखरा । नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली पोखरा पल्टन र विराटनगर टाईटन्सबीच केहि समयपछि प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा हुने उद्घाटन खेलमा सन्दीप लामिछानेको टिम विराटनगरले टस जितेको छ । र, शरद भेषवाकरको टिम पोखरालाई ब्याटिङको निम्तो दिएको छ । विराटनगरले सुरुवातमा बलिङ गरेछन् ।
पहिलो संस्करणको प्रतियोगितामा ६ टिमले प्रतिस्पर्धा गर्दै छन् । पीपीएलमा विराटनगर टाईटन्स,चितवन राईनाेज,पाेखरा पल्टन,बुटवल ब्लास्टर,काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।
आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको योजनामा हुने प्रतियोगिताको विजेताले २७ लाख पाउने छ । यस्तै उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुलाई भीजी अटोमोबाइल्सको तर्फबाट सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।
यस्तै प्रत्येक खेलमा रिलायन्स सुपर टेक सिमेन्ट म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ र प्रायोजकहरुबाट (एक्स्टेप, सुबीसु, आदि) ५ हजार बराबरको गिफ्ट विभिन्न ह्याम्परप्राप्त गर्नेछन् । पीपीएलको हरेक खेलको विजेता टिमले रिलायन्स सिमेन्ट विनिङ बोनसस्वरुप नगद पुरस्कार १५ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछ ।
टिम लाइनअप :
विराटनगर टाईटन्स :
सन्दीप लामिछाने
रविन जोशी
जितेन्द्र सिंह ठकुरी
राजु रिजाल
राजेश पुलामी
पुष्प थापा
सुनिल धमला
दिपेश श्रेष्ठ
प्रदीप ऐरी
साहब आलम
जितेन्द्र मुखिया
पोखरा पल्टन :
शरद भेषवाकर
रोहित कुमार पौडेल
बिनोद भण्डारी
ललित राजवंशी
राशिद खान
कृष्ण कार्की
कुशल भुर्तेल
बिक्रम भुसाल
महबुब आलम
आशिफ शेख
रवि इन्द्र सिंह