पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाली क्रिकेट इतिहासकै सर्वाधिक ठुलो धनराशीको प्रतियोगिता नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन सभामुख कृष्णबहादुर महरा र गण्डक प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा गरे ।
पोखरा रंगशालामा मुख्यमन्त्री गुरुङले बलिङ र सभामुख महराले ब्याटिङ गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन् ।
