एजेन्सी । एभर्टन चाहन्छ, क्लबको नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेज बनोस र यसका लागि उसले बेल्जियम फुटबल संघसँग सुरुआती कुराकानी पनि चलाएको छ ।
तर पूरा सम्भावना के पनि छ भने बेल्जियमले यो प्रस्तावलाई स्विकार्ने छैन्, किनभने विश्वकप अगाडि उसले आफ्ना प्रशिक्षकलाई गुमाउन चाहने छैन् ।
कतारमा यसपल्टको विश्वकप नोभेम्बरमा हुनेछ र विश्व नम्बर १ टिमका रूपमा बेल्जियम फेरि एकपल्ट उपाधिका लागि बलियो दावेदार हो ।
राफेल बेनिटेलाई वर्खास्त गरेपछि एभर्टनलाई व्यवस्थापकको खाँचो छ र यसका लागि उसले मार्टिनेज नै सबैभन्दा राम्रो विकल्प मानेको छ ।

मार्टिनेज सन् २०१३ देखि २०१६ सम्म एभर्टनमै थिए ।
मार्टिनेज पनि क्लबको वर्खास्तीमा परेका हुन्, तर उनी गएपछि उल्टै एभर्टनको स्थिति नाजुक बनेको थियो ।
अर्कोतर्फ एभर्टन छाडेपछि मार्टिनेजको भाग्य खुलेको थियो र उनले बेल्जियमको राष्ट्रिय टिम हेर्ने मौका पाए, त्यसमा सफल पनि रहे ।
यसैक्रममा बेल्जियम सन् २०१८ को विश्वकपमा तेस्रो स्थानमा रहेको थियो ।
एभर्टन चाहन्छ, मार्टिनेजले बेल्जियम पनि नछाडोस, अनि एभर्टन पनि हेरोस ।
सम्भवत: यस्तो पनि हुने छैन् ।
ठ्याक्कै भन्दा विश्वकप अगाडि बेल्जियमले कुनै प्रकारको व्यवधान चाहने छैन्, विश्वकप सकेपछि बेग्लै कुरा । तर पनि एभर्टन मार्टिनेजको पछि लागेको छ, केही होला कि भन्न आसमा ।
–बीबीसीको सहयोगमा ।