पोखरा । आहा–रारा गोल्डकप फुटबलको उद्घाटन खेलमा सहारा क्लब पोखरा र विभागीय टिम एपीएफ भिड्ने भएका छन् ।
मंगलबार सार्वजनिक गरिएको खेल तालिका अनुसार माघ ६ गते हुने उद्घाटन खेलमा आयोजक टिम र एपीएफ भिड्ने भएका हुन् ।
खेलको विजेताले माघ ८ गते क्वार्टरफाइनलमा पाहुना टोली अमेरिकाको बीवाइएससीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा १० टिम सहभागी छन् ।
प्रतियोगिताको दोस्रो दिन नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । खेलको विजेताले सेमिफाईनल प्रवेशका लागि माघ ९ गते मनाङ मर्स्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै, माघ १० गते संकटा र मछिन्द्र क्लब प्रि–क्वार्टरफाइनलमा खेल्नेछन् । अन्तिम प्रि–क्वार्टरफाईनलमा थ्री स्टार र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा रंगशालमा हुने खेल माघ ६ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।