लेवान्डोस्की फिफा वर्ष खेलाडी घोषित

काठमाडौं । पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीले २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
वायर्न म्युनिकका स्ट्राइकर समेत रहेका लेवान्डोस्कीले लगातार दोस्रो पटक फिफा वर्ष खेलाडीको अवार्ड हात पारेका हुन् ।
३३ वर्षीय लेवान्डोस्कीले गत वर्ष ६९ गोल गरेका थिए । उनले बुन्डेसलिगा अन्तर्गत एकै सिजनको लिगमा ३४ खेलमा ४३ गोल गरेका थिए ।
लेवान्डोस्कीले यो अवार्ड जित्न लिभरपुलका मोहमद सालाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेस्सीलाई पछि पारे ।
म्यान्चेस्टर युनाइटेडका क्रिस्टीयानो रोनाल्डोलाई विशेष अवार्ड प्रदान गरिएको छ ।
रोनाल्डोलाई पुरुषतर्फ अहिलेसम्मकै सर्वाधिक गोलकर्ताको रुपमा सम्मान गरिएको हो ।
सेभिल्लाका इरिक लामेलाले फिफा पुस्कास अवार्ड प्राप्त गरे ।
चेल्सीका इडोआर्ड मेन्डीले उत्कृष्ट गोलरक्षकको अवार्ड हात पारे ।
डेनमार्डको पुरुष राष्ट्रिय फुटबल टोलीले फिफा फेयर प्ले अवार्ड जित्यो ।
महिलातर्फ बार्सिलोनाकी अलेक्सिया पुटेलासले उत्कृष्ट फिफा महिला वर्ष खेलाडीको अवार्ड हात पारिन् ।








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

