शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पूर्वाञ्चल युनाईटेडलाई सोनापुर गोल्डकपको उपाधि

सोमबार, माघ ३, २०७८खेलपाटी संवाददाता
पूर्वाञ्चल युनाईटेडलाई सोनापुर गोल्डकपको उपाधि
Classic Tech Internet Ad

सुनसरी । पहिलो संस्करणको सोनापुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि पूर्वाञ्चल युनाईटेड क्लब सुन्दरहरैचाले जितेको छ । 

सोमबार सम्पन्न फाइनल खेलमा आयोजक मेमोरी युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै पूर्वाञ्चल युनाईटेडले उपाधि जितेको हो । 

उपाधिसंगै पूर्वाञ्चलले १ लाख रुपैयाँ र शिल्ड हात पारेको छ । उपबिजेता आयोजक मेमोरी युवा क्लबले ५१ हजार रुपैयाँमा चिक्त बुझाएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि निर्णय पेनाल्टी सुटआउटमा लगिएको थियो ।

पेनाल्टीमा आयोजक क्लबको तर्फबाट उमेश कार्की, बिबेक पौडेल र दिपेश माझीले मात्र गोल गरे । बिक्रम राइको प्रहार युनाइटेडका गोल किपर रोशन कार्कीले बचाएका थिए । सुबोध शाहीको प्रहार बाहिरिएको थियो ।

पुर्वाञ्चलका मिलन राई, सन्देश श्रेष्ठ, अशिम राई र सुजन चौधरीले गोल सफल बन्यो । 

खेलको १२ औ मिनेटमा आयोजकले पारस लिम्बुको गोलमा अग्रता लिएको थियो । ३५ औ मिनेटमा पूर्वाञ्चलका सुजन चौधरीले बराबरी गोल फर्काएका थिए ।

खेलको ५५ औ मिनेटमा आयोजकका राजु लिम्बुले गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए । त्यसको ५ मिनेट नबित्दै पूर्वाञ्चलका अरुण लिम्बुले बराबरी गोल गरे ।

फाइनल खेलको म्यान अफ द म्याच पूर्वाञ्चलका मिलन राई घोषित भए । उनले २ हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट खेलाडी आयोजक मेमोरी युवा क्लबका उमेश कार्की घोषित भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे । 

प्रतियोगिताको उत्कृष्ट गोलकिपर पुर्वाञ्चलका रोशन कार्की, मिडफिल्डर बिवश गुरुङ्ग, प्रशिक्षक पवन प्रधान घोषित भए । 

आयोजकका बिकु राई बेष्ट डिफेन्स, सुजित चौधरी राइजिंग प्लेयर घोषित भए । उत्कृष्ट सबैले ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताका सर्वाधिक गोलकर्ता पूर्वाञ्चलका अभिषेक कालिकोटे र डाँगीहाट फुटबल क्लबका आदर्श लिम्बु भए । दुवैले जनही ४ हजार रुपैयाँ पाए । 

सुनसरी र मोरङ्गका ८ टिम सहभागी प्रतियोगिता पुस २६ गतेदेखि सुरु भएको थियो ।
 

Bajaj Pulsar Motorcycle Ad
#सोनापुर गोल्डकप

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

Bajaj Pulsar Motorcycle Ad
हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश

नेपालसँग खेल्नुअघि क्लबसँगै हार्‍यो बंगलादेश