काठमाडौं । हेटौडामा आयोजना हुने सहिद स्मृति मकवानपुर गोल्डकप–२०७८ स्थगित भएको छ ।
कोरोना भाइरस संक्रमण दर बढेसँगै प्रतियोगिता स्थागित गरिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।
संघले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गर्ने निर्णय भएको जनाएको छ ।
यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुर गोल्डकप माघ १६ गतेदेखि आयोजना गर्न मकवानपुर जिल्ला फुटबल संघलाई तालिका उपलब्ध गराएको थियो ।
मकवानपुरका स्थानीय पालिकाहरुको प्रायोजनमा मकवानपुर जिल्ला फुटबल संघले मकवानपुर गोल्डकप प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
मकवानपुर जिल्ला फुटबल संघका महासचिव युनाल मल्लद्वारा हस्ताक्षरित विज्ञप्तिमा वातावरण अनुकुल भएसँगै प्रतियोगिता आयोजना गरिने उल्लेख छ ।