जावलाखेलका दुई खेलाडीमा कोरोना संक्रमण
सोमबार, ०३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब जावलाखेल युथ क्लबका दुई खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएको छ ।
जावलाखेलका डिफेन्डर कोअरा लार्बा फ्लोरेन्ट कोने र फरवार्ड पेमा लेन्डुप शेर्पालाई कोभिड-१९ को संक्रमण देखिएको हो ।
जावलाखेलका मुख्य प्रशिक्षक किशोर कुमार केसीले दुई खेलाडीमा कोभिड-१९ को संक्रमण भएको पुष्टि गरे ।
उनले अन्य खेलाडीको रिपोर्ट नेगेटिभ आएको समेत बताए ।
कोभिड-१९ को संक्रमण देखिएपछि दुबैले लिग अन्तर्गत सोमबार एनआरटीविरुद्धको खेल गुमाएका थिए ।
जावलाखेलका दुई खेलाडीमा कोरोना संक्रमण








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

