काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ ।
सोमबार भएको खेलमा एनआरटीले जावलाखेल युथ क्लबमाथि २-० गोलको जित निकालेको हो ।
एनआरटीलाई जित दिलाउन कप्तान दर्शन गुरुङले दुई गोल गरे । तर, एनआरटीले दुबै गोल दोस्रो हाफको गरेको थियो।
पहिलो हाफमा गोलरहित बराबरी भएको खेलको ६९ औं मिनेटमा दर्शनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मेसुके ओलोमोउको सुन्दर पासमा उनले गोलकिपर टेकेन्द्र थापालाई बिट गर्दै सहजै गोल गरे ।
त्यसपछि खेलको ७३ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-० गोलको जित दिलाए । उनले स्टेफन समिरको पासमा सहजै गोल गरे ।
जितसँगै एनआरटीले ९ खेलमा १३ अंक जोडेको छ । एनआरटी लिगको छैटौं स्थानमा उक्लिएको छ ।
जावलाखेलले ९ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ।
खेलमा एनआरटीका दर्शन म्यान अफ दि म्याच चुनिए ।
यस्तै एनआरटीका कृतिस रत्न छुन्जु इमर्जिङ प्लेयर चुनिए ।