काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले गोलको अवसर बनाएपनि सफल भएनन् । जसको कारण पहिलो हाफ गोलरहित सकिएको छ।
एनआरटीले ८ खेलमा १० अंक जोडेको छ । र, लिगको आठौं स्थानमा रहेको छ।
आज जावलाखेललाई हराएर एनआरटी छैटौं स्थानमा उक्लन चाहन्छ ।
जावलाखेलले ८ खेलमा ८ अंक जोडेको छ । जावलाखेल दशौँ स्थानमा रहेको छ।
जावलाखेल पनि एनआरटीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।