जावलाखेविरुद्ध एनआरटीलाई मौका
सोमबार, ०३ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एनआरटीले सोमबार जावलाखेलको सामना गर्दा त्यसमा जितको मौका देख्नेछ ।
एनआरटी आठ खेलबाट १० अंकमा छ र आठौं स्थानमा रहेको छ । जावलाखेल समान आठ खेलबाट आठ अंक नै जोडेर दसौं स्थानमा छ ।
दुई टिमबीच लिगका पछिल्ला पाँच संस्करणमा चार खेल भएका छन् । त्यसमा एनआरटी दुईमा विजयी रहेको छ भने दुई खेल बराबरीमा टुंगेको छ ।
वर्ष ०७६ मा एनआरटी र जावलाखेलले गोलरहित बराबरी खेलेका थिए ।
वर्ष ०७५ मा भने एनआरटीले जावलाखेललाई २–१ ले हराएको थियो ।
वर्ष ०७० मा यी टिमबीच खेल भएको थिएन् । वर्ष ०६९ मा एनआरटी २–० ले विजयी भएको थियो ।
त्यस अगाडि वर्ष ०६८ मा एनआरटी र जावलाखेलले २–२ को बराबरी खेलेका थिए ।
जावलाखेविरुद्ध एनआरटीलाई मौका








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

