काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा इन्टरले एट्लान्टासँग गोलरहित बराबरी खेलेको हो ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् । जसको कारण खेल बराबरीमा रोकिएको हो ।
यस बराबरीसँगै इन्टरले २१ खेलमा ५० अंक जोडेको छ ।
इन्टर शीर्ष स्थानमा कायम रहेको छ ।
एट्लान्टा ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।